Time

Ticker

6/recent/ticker-posts

रत्न

 

रत्न के हो र यो किन धारण गरिन्छ ?





प्रकृति प्रदत्त एक अनमोल वस्तु रत्न हो । रत्न शब्दको शाब्दिक अर्थ हुन्छ श्रेष्ठता । पृथ्वीको सतहमा पाइने ठोस तथा प्राकृतिक खनिज पदार्थ नै रत्न हो, यस्तो रत्न दुई प्रकारको हुन्छ- खनिज र जैविक । चटान, भूगर्भ, समुन्द्र आदिमा प्राप्तहुने खनिज रत्न हो भने अर्कोचाँही जीवबाट निस्कने रत्न जसलाई जैविक वा वंशलोचन भनिन्छ । खनिज पृथ्वीको विभिन्न स्थानमा रासायनिक द्रव्य विद्यमान रहने र त्यसै रासायनिक द्रव्यमा विभिन्न तापक्रम र आ आफ्नो स्वाभाविक उर्जा रहनाले परिणाम स्वरूप पृथ्वीको विभिन्न स्थानमा रत्नको उत्पत्ति हुन्छ र ती रत्नहरू हिरा, माणिक्य, पन्ना, पुखराज, निलम, गोमेद, लहसुनिया आदि हुन् भने, आर्को जिव द्वारा उत्पन्न जैविक रत्न मोती, मुगाआदि हुन् । यस्ता रत्नहरूमा मूख्यत: कार्बन, अल्मुनियम, बेरियम, बेरिलियम, क्याल्सियम, तामा, हाइड्रोजन, फलाम, फस्फोरस, म्यागजिन, पोटेशियम, गन्धक, टिन, जस्ता, जिर्केनियम आदि तत्त्वहरू विद्यमान हुन्छन् र तिनै तत्त्वहरूकै कारणले हामीलाई प्रत्यक्ष प्रभाव पार्दछ । अत: रत्न एउटा यस्तो वस्तु हो जसको वजन, रंग, पारदर्शीता, कठोरता, गुरुत्वाकर्षण, वर्तनाङ्क, रासायनिक संरचना, चम्किलोपन, तरङ्ग आदिको प्रभावको माध्यमले जातकको शरीरमा सम्बन्धित ग्रहको उर्जा र आवस्यक एनर्जीलाई एक्टिवेट गर्न मद्दत गर्दछ ।

ज्योतिष र रत्नको सम्बन्ध अनोन्याश्रित रहेको छ र यसै रत्न तथा उपरत्नहरूमा दैवीय शक्तिका साथै नव ग्रहहरूलाई आफ्नो अनुकुल बनाउन सक्ने क्षमता तत्त्वहरु यस्ता रत्नहरूमा रहने कुरा हाम्रो प्राचीन शास्त्र हरूमा उल्लेख छ र विज्ञान सम्मतपनि छ । नव ग्रहहरूलाई शक्तिशाली बनाउन र मानव जीवनलाई सफल एवं सार्थक बनाउन त्यस्ता सबै ग्रहहरूको विभिन्न विधि, उपाय र प्रयोग लोक कल्याणको लागि ऋषिमुनि हरूले बताएर गएका छन् । तीमध्ये प्रमुख उपाय हो सहि रत्नको प्रयोग । यदि तपाईंलाई आफ्नो जन्म कुण्डली वा रत्न वारे कौतुहलता छ भने हाम्रो पात्रोको मोवाईल एप्लीकेसनको माध्यमबाट अथवा रत्न विशेषज्ञ वा विज्ञ ज्योतिषीसंग सम्पर्क राखी आफूले धारण गर्ने रत्नका बारेमा पहिचान गर्न सकिन्छ । वर्तमान समयमा पनि आधुनिक ल्याब टेस्ट, विज्ञ हरूको परामर्श तथा प्राचीन विधि द्वारा ज्योतिष विज्ञान अर्थात् ज्योतिषीय सिद्धान्तका आधारमा, मनुष्यको जन्म कुण्डलीको आधारमा आफ्नो अनुकुल फल प्राप्तिको लागि विज्ञहरूको उचित परामर्शका आधारमा सहि रत्नको छनोट गर्न सकिन्छ साथै यसरी छनोट गरिएको रत्न औषध उपचार, आभूषण, फेशन डिजाईन, गरगहना र तन्त्र विद्याआदिमा प्रयोग गर्न सकिन्छ ।

बजारमा धेरै प्रकारका रत्न तथा उपरत्नहरू पाईन्छन् । मानव जीवनमा आईपर्ने अनेकन प्रकारको समस्याहरूको समाधान गर्ने क्षमता रत्नहरूमा भएकै कारण संसारमा रत्नहरूको माग धेरै छ र रत्नहरूको माग धेरै भएकै कारणले नक्कली रत्नहरूको व्यापार पनि धेरै फष्टाएको छ अतः असली वा नक्कली रत्नहरूको सही पहिचान गर्न नसक्नुका कारण धेरै रकम खर्च गर्दा पनि उपलब्धि प्राप्त नहुने अवस्था रहेको देखिन्छ । अझ भनौं व्यापारीले सस्ता र नक्कली रत्नलाई उच्चस्तरका रत्न हुन् भनी राशि अनुसार ग्राहकलाई बेच्ने गरेको पाईन्छ । यहाँ सबैले बुझ्नु पर्ने कुरा के छ भने रत्न राशि अनुसार धारण गर्दा प्रतिकुल असर पनि पर्न सक्दछ, त्यसैले तपाईंको जन्ममिति, जन्मस्थान, जन्मसमयका आधारमा निर्माण भएको जन्म कुण्डलीको आधारमा लग्न र ग्रहहरूको आधारमा विज्ञ ज्योतिषीको मात्र धारण गर्नुपर्छ । बिना अनुसन्धान र केवल राशिका आधारमा लगाएको रत्नले तपाईंलाई दुश्परिणाम पनि प्राप्त भैरहेको हुनसक्छ । होस् गर्नुहोस् केवल राशिका आधारमा मात्र रत्न धारण गर्नु घातक पनि हुन सक्छ ।

अत: विचारणीय कुरा के छ भने राशी अनुसार मात्र विचार गरी ग्रह रत्न लगाई हाल्नु हुन्न, रत्न लगाउँदा कुण्डलीको अध्ययन गरेर, लग्न, मूल त्रिकोण, मारकेश, महादशा, अन्तरदशा आदिलाई विचार गरेर या कुनै कार्य शिद्धिको लागि विज्ञहरूको उचित परामर्शले मात्र रत्न धारण गर्नु पर्दछ, अन्यथा रत्नको प्रायोगले अशुभ फलपनि दिनसक्छ । सूर्यादि नवग्रह र तत् सम्बन्धि रत्न तथा उपरत्नहरूको वारेमा यहाँ केही प्रकाश पार्न खोजिएको छ:

माणिक्य (Ruby)


माणिक्य सूर्यको एक मूल्यवान् रत्न हो । सामान्यतया माणिक्यले सिंह राशि र मेष, सिंह र धनु लग्नका मानिसका लागि सकारात्मक उर्जा प्रदान गर्दछ । कुण्डलीमा सूर्यको स्थिति अनुकुल नभएमा माणिक्य धारण गर्नु फलदायी हुन्छ । सामान्यतया माणिक्यको रंग गुलाबी रातो हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना एल्यूमीनियम आक्साईड, क्रिस्टलाईज कार्वन हो र यसमा लौह क्रोमियम, एल्मुनियम, अक्सीजनआदि तत्त्व मिश्रित हुन्छ, यो धारण गर्नाले सूर्यजन्य पिडा शान्त हुन्छ । माणिक्यको उपरत्न ‍‍‍‍लालडी, सूर्यकान्त,गार्नेट आदि हो । यसलाई आईतवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी अनामिका (साईंली) औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

मोती (Pearl)


मोती चन्द्रमाको एक मूल्यवान् रत्न हो । सामान्यतया कर्कट, वृश्चिक, मकर र मीन लग्न भएका जातक र कर्कट राशिका लागि मोती धेरै राम्रो मानिन्छ । कुण्डलीमा चन्द्रमाको स्थिति अनुकुल नभएमा मोती धारण गर्नु लाभदायी हुन्छ । सामान्यतया मोतीको रंग चमकिलो सेतो हुन्छ र यो एक जैविक रत्न हो । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मोतीमा क्याल्सियम, जैव पदार्थ, पानी, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मोतीको उपरत्न सीप, चन्द्रकान्ता र शंखमुक्ता हो । यसलाई सोमवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कच्छी औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

मूंगा (Coral)


मूंगा मंगल ग्रहलाई प्रतिनिधित्त्व गर्ने मूल्यवान् जैविक रत्न हो । मूंगा सामान्यतया मेष, वृश्चिक, सिंह र कर्कट लग्न भएका जातक र मेष र वृश्चिक राशिका लागि अत्यन्तै प्रभावकारी मानिन्छ । कुण्डलीमा मंगलको स्थिति अनुकुल नभएमापनि मूंगा धारण गर्न सकिन्छ । सामान्यतया मूंगा सिन्दुरे रातो वा गेरुवा रंगको हुन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार मूंगा मापनि क्याल्सियम, कार्बन, अक्सीजन र अन्य तत्त्वहरू हुन्छन् । मूंगा को उपरत्न तामडा हो । मूंगा लाई मंगलवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी साईली औंलामा धारण गर्नाले शुभफल मिल्नेछ ।

पन्ना (Emerald)


पन्ना बुध ग्रहको प्रतिनिधित्त्व गर्ने मूल्यवान् खनिज रत्न हो । पन्ना सामान्यतया वृष, सिंह, धनु र मेष लग्न र मिथुन र कन्या राशिका मानिसले धारण गर्दा अत्यन्तै लाभदायी हुनेछ । कुण्डलीमा बुध ग्रहको अनुकूल स्थिति नभएमापनि पन्ना धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पन्नामा एल्मुनियम, बेरिलियम सिलिकेट, ग्रेनाइट, पेग्मेटाईट र अन्य तत्त्वहरू हुन्छन् । यो भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, ब्राजिल, इटाली, इन्डोनेशिया, नर्वे आदिमा उच्च स्तरको पन्ना पाईन्छ । पन्नाको रंग सामान्यतया हरियो हुन्छ । पन्नाको उपरत्न जबरजद्द हो । पन्नालाई बुधवार या विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले सुख एवं समृद्धि मिल्नेछ ।

पुखराज (Topaz, Yellow Sapphier)


पुखराज बृहस्पति ग्रहको हुल्यावन् रत्न खनिज रत्न हो । सामान्यतया पुखराज धनु, मीन, मिथुन र कन्या लग्न र धनु तथा मीन राशिका जताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुण्डलीमा बृहस्पति ग्रहको प्रतिकूल स्थिति भएमापनि पन्ना धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । यसमापनि वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार पुखराजमा एल्मुनियम, फ्लोरीन, सिलिका र अन्य तत्त्वहरू हुन्छन् । पुखराज पहेंलो, घ्यूरंग, सेतो सहित धेरै प्रकारको हुन्छ । पुखराजको उपरत्न सुनैला हो । पुखराजलाई विहीवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी चोरी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा निकै सहयोगी सिद्ध हुनेछ ।

हीरा (Diamond)


शुक्रग्रहलाई प्रतिनिधित्व गर्ने बहुमुल्यवान् रत्न हीरा हो । यो पारदर्शी र शितलता प्रदान गर्ने खनिज रत्न हो । वृष, तुला, कन्या, मकर र कुम्भ लग्न र वृष एवं तथा तुला राशिका जfताकका लागि धेरै महत्त्वपूर्ण हुन्छ । यसको प्रयोगले पारिवारिक सुख, सन्तान सुख प्राप्ति आदिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार हीरामा विशुद्ध क्रिस्टलाईज कार्वन हुन्छ यो एउटा कोईलाको जाति हो । कुण्डलीमा शुक्रग्रह जनित दुश्प्रभाव भएमा हीरा धारण गरी शुभ फल प्राप्त गर्न सकिन्छ । हीराको रंग सेतो, रातो, पहेंलो, हरियो, निलो, कालोआदि धेरै प्रकारको हुनेकुरा पौराणिक कथाहरूमा पाईन्छ । हीराको उपरत्न जिर्कन हो । हीरालाई शुक्रवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गरी कान्छी औंलामा धारण गर्नाले विद्या, बुद्धि, पद, प्रतिष्ठा, समृद्धि एवं प्रेम प्राप्तिमा समेत निकै सहयोगी हुनेछ ।

नीलम (Blue Sapphire)


नीलम शनि ग्रहको प्रतिनिधित्व कारक र शक्तिशाली खनिज रत्न हो । सामान्यतया मकर, कुम्भ, वृष, तुला लग्न र मकर एवं कुम्भ राशि भएका जfताकका लागि बहुउपयोगी सिद्ध हुन्छ । यसको प्रयोगले आयु, आरोग्य, भाग्यवृद्धि र शीघ्र सफलता दिलाउन सक्ने उर्जा, जातकलाई शिघ्र फल दिई राजालाई रंक र रंक लाई राजा बनाउने क्षमता नीलममा विद्यमान हुन्छ । वैज्ञानिक दृष्टिले यसको रासायनिक संरचना बेरिलियम सिलिकेट, एल्यूमीनियम आक्साईड हो र यसमा धेरै तत्त्वहरु मिश्रित हुन्छ । ग्रह गोचर या कुण्डलीमा शनि ग्रहको प्रतिकूल स्थिति भएमापनि नीलम धारण गरी सकारात्मक उर्जा प्राप्त गर्न सकिन्छ । नीलमको रंग धेरै प्रकारको भएता पनि अधिकतम नीलो रंगकै हुन्छ भने यसको उपरत्न लाजवर्द, ब्लु गार्नेट, कटैलाआदि हो । नीलमलाई शनिवार या विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई मध्यमा (माझी) औंलामा धारण गर्नाले चमत्कारी लाभ मिल्नेछ ।

गोमेद (Zircon,Hessonite)


राहु ग्रहको प्रतिनिधित्त्व गर्ने खनिज रत्न गोमेद हो । यसको रंग गोमूत्रको समान हुन्छ । यसको प्रयोगले ग्रह गोचर, राहुजन्य ग्रहको प्रतिकूल स्थिति भएमा, राहुजन्य दोष, सर्पयोग, महादशा, अन्तरदशाआदि प्रतिकूल भएमा गोमेद धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । वैज्ञानिक दृष्टिले आधुनिक रासायनिक शास्त्र अनुसार गोमेदमा एल्यूमीनियम, अक्सीजन, जरकोनियम सिलिकेट, आदि तत्त्व हुन्छ भने यसको उपरत्न तुरसावा र साफी आदि हो र यो उपरत्न धारण नगरेकै राम्रो मानिन्छ । यसको प्रयोगले शुभ अशुभ फल तत्कालै देखा पर्दछ त्यसैले विशेषज्ञको सल्लाहमा विधिपूर्वक प्राणप्रतिष्ठा गराई शुभ साईतमा माझी औंलामा धारण गर्नाले राम्रो फल मिल्नेछ ।

लहसुनिया (Cat's Eye)


लहसुनिया वा वैदूर्य केतुग्रहको प्रतिनिधित्त्व कारक खनिज रत्न हो । विरालोको आँखा जस्तै चम्किलो देखिने यो रत्न अन्य पत्थरको तुलनामा एकदमै भिन्न प्रकारको हुन्छ । लहसुनिया धारण गर्नु भन्दा पूर्व विज्ञहरूको सल्लाह एवं सुझाव अनुसार धारण गरेमा चमत्कारी लाभ मिल्नेछ । वैज्ञानिक दृष्टिले लहसुनियालाई दुई भागमा विभाजन गरिएकोछ: क्राइसोबेरिल र स्फटिक वर्ग । क्राइसोबेरिलमा एल्यूमीनियम, बेरीलियम र क्रोमियम विद्यमान हुन्छ भने स्फटिकीयमा सिलिका, अक्सीजन आदि तत्त्व हुन्छ । कुण्डलीमा केतु ग्रहको अनुकूल स्थिति भएमा, केतुको ग्रहगोचर नराम्रो भएमापनि लहसुनिया धारण गरी शुभफल प्राप्त गर्न सकिन्छ । लहसुनियाको उपरत्न संगी र गोदन्ती हो । लहसुनियालाई शुभदिनमा विशेषज्ञको सल्लाहमा प्राणप्रतिष्ठा गरी माझी औंलामा धारण गर्न सकिन्छ । यहाँहरूको अमूल्यजीवन रत्नमय होस्, शुभकामना ।

-रत्नविद् प. नारायणप्रसाद दुलाल

कुन रत्न कति क्यारेटको धारण गर्ने?

माणिक्य (Ruby) - ५, ७
मोती (Pearl) - ४, ६, ११
मुगा (Coral) - ५, ७, ८
पन्ना (Emerald) - ५, ७
पुष्पराज (Yellow Sapphire) - ६, ७, १०
हिरा (Diamond) - ५, ७
नीलम (Blue Sapphire) - ६, ७, १०
गोमेद (Hessonite) - ६, ८
लहसुनिया (Cat's Eye) - ६, ७, ८

रत्न धारण गर्दा ध्यान दिनुपर्ने कुराहरु

 

यदि तपाईं रत्नहरू लगाउनुहुन्छ भने केही कुराहरुको बारेमा ध्यान दिनु निकै  महत्त्वपूर्ण हुन्छ। यदि रत्न लगाउने बेलामा दुई कुराहरुको बारेमा ध्यान दिनुहुन्न भने यो खतरनाक हुन सक्छ।

कुन ग्रहको शान्तिको लागि कुन रत्न लगाउने ?

रत्नको बारेमा सब भन्दा महत्त्वपूर्ण कुरा के हो?

  • - रत्न एक विशेष तरिकाको ऊर्जाको स्रोत हो।
  • - रत्नले शरीरको उर्जालाई  ग्रहको उर्जाको साथ मेल गराउँछन्।
  • - यहि आधारमा रत्नबाट लाभ वा हानी हुन्छ।

 

रत्न धारण गर्दा दुईवटा कुरामा ध्यान दिनु महत्त्वपूर्ण छ।
- पहिलो रत्नको वजन(क्यारेट) र दोस्रो रत्न धारण गर्ने समय।
यी दुई चीजहरू विचार नगरी  रत्न लगाउनु खतरनाक हुन सक्छ।

के साच्चै रत्नले हाम्रो जीवनमा प्रभाव पार्न सक्छ त ?

रत्न तौल गर्दा के कुराको ख्याल राख्नु पर्छ?
 रत्न धारण गर्दा ग्रह को स्थिति र आवश्यकता दुबैको बारेमा विचार गर्नुपर्छ। त्यसपछि मात्र रत्नहरूको वजन(क्यारेट)को बारेमा अनुमान गर्न सकिन्छ।

थप रूपमा, यदि कुनै पनि रत्नको प्रकाशको आवश्यकता बढी छ भने, ठूलो क्यारेटको रत्न धारण गर्नुहोस्, यदि तपाईंलाई कम प्रकाश चाहिन्छ भने सानो रत्न धारण गर्नुहोस्।

कुन राशिका व्यक्तिले कुन रत्न लगाउने ? असली रत्न कसरी चिन्ने ?


काठमाडौं । रत्न खनिज तथा प्राकृतिक पदार्थ हो । यसमा त्यस्ता केही गुण हुन्छन्, जो मानविय जीवनसँग प्रत्यक्ष जोडिन्छ । ज्योतिषिय मान्यता अनुसार यी रत्न नौ ग्रहको किरणको संवाहक हुन्छ । यसले खास एक ग्रहको किरण अवशोषित गर्छ । त्यसैले ग्रह–दोषबाट मुक्त हुनका लागि आफ्नो राशी अनुरुप रत्न धारण गरिएको हो ।

ज्योतिषशास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ । रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ । हामी कुन ग्रहको लागि कुन रत्न धारण गर्ने भन्ने बिषयमा चर्चा गर्दैछौ ।

माणिक्य : 
माणिक्य सूर्यको रत्न हो । सूर्य ग्रह कमजोर छ भने त्यसलाई बलवान बनाउनको लागि वा सूर्य ग्रहको कुप्रभाव बाट बच्नको लागि माणिक्य धारण गरिन्छ । माणिक्यलाई तामा अथवा तामासँग पहिरिनु शुभ रहेको छ ।

मोती : 
चन्द्रमालाई सकारात्मक प्रभाव पार्नका लागि भने मोती पहिरिनु उचित हुन्छ । जो व्यक्तिमा मानसिक उत्तेजना र तनाव धेरै हुन्छ, त्यस्तो मान्छेले मोती धारण गर्नु उचित हुन्छ । यो रत्नलाई चाँदीमा पहिरिनु उचित हुन्छ ।

मुगा : 
मंगल ग्रहको शुभ प्रभावको लागि मुगा रत्न धारण गरिन्छ । यसलाई राजनीतिज्ञ, सेना, प्रहरी तथा अस्पताल र घर निर्माणमा काम गर्ने व्यक्तिहरूले समेत लगाउन सल्लाह दिइन्छ । मुंगालाई तामा या सुनसँगै पहिरिनु उचित हुन्छ ।

पन्ना : 
बुध ग्रहका लागि पन्ना रत्न लगाईन्छ । विद्यार्थी तथा अध्ययन–अध्यापनमा लागेकाहरूका लागि पन्नाको प्रयोग अत्यन्त लाभकारी मानिन्छ । पन्ना रत्नलाई चाँदीमा लगाउनु उचित हुन्छ ।

पुष्पराज : 
बृहस्पति ग्रहको लागि पुष्पराज रत्न धारण गरिन्छ । आध्यात्मिक, शैक्षिक, बौद्धिक प्रगतिको लागि यो रत्न धारण गरिन्छ । यसलाई सुनको अष्टधातुमा पहिरिनु उचित मानिन्छ ।

हीरा : 
शुक्र ग्रहका लागि हीरा पहिरिने गरिन्छ । यसबाट शुक्रको गलत प्रभाव रोक्न मद्दत मिल्ने बताइन्छ । विवाह र प्रेम सम्बन्ध अनुकूल बनाउनका लागि पनि हीरा लाभकारी छ । यसलाई चाँदी अथवा प्लेटिनमसँग लगाउन सकिन्छ ।

नीलम : 
यो शनिको रत्न हो । फलाम सम्बन्धी व्यवसाय वा काममा उन्नती, न्याय सम्बन्धी काममा सफलता, झुट्टा आरोपहरुबाट बच्न र साढेसाती आदि शनि ग्रहको प्रकोपबाट बच्नको लागि शनि ग्रहको रत्न नीलम धारण गरिन्छ । नीलमलाई सुनमा प्रयोग गर्नु उचित हुन्छ ।
गोमेद : 
व्यक्तिको जीवनमा रहेको राहुको नराम्रो प्रभाव कम गर्न गोमेद धारण गरिन्छ । मानसिक उथलपुथल, गलत निर्णय तथा विना कारण भइरहेको नोक्सानी रोक्न, व्यक्तिको जीवनमा प्रेम, समृद्धि तथा खुशियाली ल्याउनका लागि गोमेद धारण गर्नु राम्रो मानिन्छ । गोमेदलाई चाँदीमा राखेर लगाउनु उचित हुन्छ ।

लहसुनिया : 
केतुको शान्तिका लागी यो पहिरनु आवश्यक मानिन्छ । यदी केतु ग्रहको प्रभाव नराम्रो छ भने त्यसलाई कम गर्न लहसुनिया धारण गरिन्छ । यो रत्नलाई चाँदीमा राखेर प्रयोग गर्नु उचित हुन्छ ।

ज्यो. दुर्गा भण्डारी ।

औंलामा रत्न र पत्थर : कुन रत्न वा पत्थर कहिले धारण गर्ने त ? 

ad

अचेल धेरै मानिसहरुले ज्योतिषीको सल्लाह वा सल्लाह विना नै बिभिन्न पत्थर वा रत्न धारण गरेको देखिन्छ । ज्योतिष शास्त्रका अनुसार पत्थर वा रत्न दुई अबस्थामा मात्र धारण गर्न सकिन्छ, एउटा दशाको समयमा दशा चलेको ग्रहको र अर्को मुल ग्रहको । यदाकदा कमजोर ग्रहको लागि पनि रत्न वा पत्थर धारण गर्ने गरेको पाइन्छ । 

तर हामीकहाँ तेश्रो र गलत कारणले रत्न धारण गर्नेहरुको संख्या अत्यन्त धेरै छ र त्यो हो राशि अनुसारको रत्न वा पत्थर धारण गर्ने ।  

हामी पूर्वीय शास्त्रमा मान्यता राख्नेहरुले राशिको रत्न वा पत्थर धारण कुनैपनि हालतमा गर्नु हुन्न, सजग बनौं । उदाहरणकालागि मेष वा वृश्चिक राशि भएकाहरुले मुगा अथवा कोरल र धनु वा मीन राशि भएकाहरुले पुष्पराज अथवा टोपाज लगाएको देखिन्छ । यो सरासर गलत हो । यदि कसैले तपाईंलाई यस्तो सल्लाह दिएको छ र त्यहि सल्लाह अनुरुप तपार्ईंले रत्न वा पत्थर धारण गर्नुभएको छ भने तुरुन्त फुकाल्नु होला वा जान्ने ज्योतिषीकोमा सम्पर्क राख्नुहोला । 

अब प्रश्न उठ्छ, कुन रत्न वा पत्थर कहिले धारण गर्ने त ? 

रत्न वा पत्थर धारण गर्नुपर्दा जन्मकुण्डली अनुसार कुण्डलीको मुख्य ग्रहको र, वा कुनै ग्रहको दशा चलेको छ भने त्यस्को मात्र रत्न वा पत्थर धारण गर्नुपर्छ । सजिलोसँग बुझ्नका लागि यदि तपाईंको जन्म कुण्डलीको माथिल्लो पहिलो कोठामा जुनसुकै ग्रह भएपनि त्यस्लाई मत्लब नगरी, त्यहाँ भएको अंकलाई हेरेर रत्न धारण गर्नुपर्छ । 

यदि त्यो कोठामा १ वा ८ अंक छ भने सुनमा मुँगा राखी माईली औंलामा मंगलवार, अनुराधा नक्षत्र पारेर धारण गर्ने । मुगासँग हिरा र नीलम साथसाथै धारण गर्नु हुँदैन । 

यदि त्यो कोठामा २ वा ७ अंक छ भने सुन वा प्लाटिनियममा हिरा राखी कान्छी औंलामा शुक्रवार मृगशिरा नक्षत्र पारेर धारण गर्ने । हिरासँग मोती, माणिक र पुष्पराज साथसाथै धारण गर्नु हुँदैन । हिरा महँगो हुने हुँदा यस्को अभावमा सेतो पुष्पराज प्रयोग गर्न सकिन्छ । 

यदि त्यो कोठामा ३ वा ६ अंक छ भने सुनमा पन्ना राखेर कान्छी औंलामा बुधवार उत्तराफाल्गुणी नक्षत्र पारेर धारण गर्ने । 

यदि त्यो कोठामा ४ अंक छ भने चाँदीमा मोती राखेर कान्छी औंलामा सोमवार रोहिणी नक्षत्र पारेर धारण गर्ने । मोती पुर्णिमाको दिनदेखि पनि धारण गर्न सकिन्छ । 

यदि त्यो कोठामा ५ अंक छ भने सुन वा तामामा रुवी अर्थात माणिक्य राखेर साहिंली औंलामा आइतवार तिष्य नक्षत्र पारेर धारण गर्ने । माणिक सँग नीलम, गोमेद वा हिरा साथसाथै धारण गर्नु हुँदैन ।  

यदि त्यो कोठामा ९ वा १२ अंक छ भने सुनमा पुष्पराज अर्थात टोपाज राखेर चोर औैंलामा विहीवार तिष्य नक्षत्र पारेर धारण गर्ने । पुष्पराजसँग नीलम र हिरा साथसाथै धारण गर्नु हुँदैन । 

यदि त्यो कोठामा १० वा ११ अंक छ भने सुन, पञ्चधातु वा फलाममा नीलम राखेर शनिवार श्रवण नक्षत्रमा माहिली औंलामा धारण गर्ने । नीलमलाई मोती, मुगा, माणिक र पुष्पराजसँग साथसाथै धारण गर्नुहुँदैन । 

यी मुख्य ग्रहको रत्न वा पत्थर जीवनभर धारण गर्न सकिन्छ कहिल्यै फुकाल्नु पर्दैन । 

अब चर्चा गरौं दशा चलेको ग्रहको पत्थर वा रत्न धारण गर्ने बारेमा । 

जुन ग्रहको दशा चलेको छ ज्योतिषीको सल्लाह अनुसार त्यहि सो ग्रहको दशा अबधिभर मात्र धारण गर्नुपर्छ । तसर्थ यस्तो पत्थर वा रतन धारण गर्दा त्यस्को अबधि थाहा हुनु महत्वपूर्ण हुन्छ । अन्यथा त्यस्को फल बिपरित हुन जान्छ । 
दशा अनुसारका रत्न यसप्रकार छन् । 

सूर्यको दशामा माणिक्या वा रुवी 
चन्द्रमाको दशामा मोती
मंगलको दशामा मुगा
बुधको दशामा पन्ना 
वृहस्पतिको दशामा पुष्पराज
शुक्रको दशामा हीरा
शनिको दशामा नीलम 

राहुको दशामा सुन वा पञ्चधातुमा गोमेद राखेर साहिंली औंलामा बुधवार उत्तराफाल्गुणी नक्षत्रमा धारण गर्ने । गोमेदलाई मोती, मुगा, माणिक र पुष्पराजसँग साथसाथै धारण गर्नुहुँदैन ।

केतुको दशामा सुन, फलाम वा पञ्चधातुमा वैदुर्यमणी अर्थात क्याट्सआई साहिंली औंलामा विहीवार तिष्य नक्षत्रमा धारण गर्नुपर्छ । 

यदाकदा कुनै कुनै ज्योतिषीहरुले दुईवटा पत्थर वा रत्नको मिश्रण गरेर एउटै औंठी बनाएर दिएको पनि देखिन्छ, त्यस्तो औंठी सकेसम्म धारण नगर्ने र दुईवटा रत्न धारण गर्नु पर्ने भएमा अलग अलग रत्न धारण गर्ने तथा ती दुवैको धारण गर्ने अबधि पनि सोध्ने । 

कतिपय स्थितिमा स्त्रीहरुले हनुमानको लकेट वा औंठी लगाएको पाएकोछु । स्त्रीहरुले हनुमान छुन नहुने मान्यता अनुसार त्यस्तो छ भने तुरुन्त फुकाल्ने । 

जे धारण गरे पनि नगरेपनि कर्म गर्न चाहिं छाड्नु हुन्न, कर्म गर्न छाड्नेलाई कुनै धातुले सहयोग गर्दैन । 

रत्न को 12 प्रकार (र तिनीहरूको विशेषताहरु)

लेखिका: Bobbie Johnson
रचनाको मिति: 10 अप्रिल 2021
अपडेट मिति: 25 सेप्टेम्बर 2023
Anonim
Indian Ringneck Parrot in India 🦜 Alexandrine Parrot Natural Sounds Indian Ringnecks Talk and Dance
उपावेदन: Indian Ringneck Parrot in India 🦜 Alexandrine Parrot Natural Sounds Indian Ringnecks Talk and Dance
ad

सन्तुष्ट

ad

$ 65,000 प्रति ग्राम। यो बजार मा हीरा को वर्तमान मूल्य हो, रत्न बराबर उत्कृष्टता को एक। र यो हो कि यी खनिजहरु, प्राकृतिक भूवैज्ञानिक प्रक्रियाहरु द्वारा बनाईएको हो, गहना बनाउन को लागी यति दुर्लभ र बहुमूल्य छ कि तिनीहरुको मूल्यहरु आसमान छ। रत्न उत्कृष्टता बनेको चट्टान हो।

र खनिज (भूवैज्ञानिक उत्पत्ति को अकार्बनिक ठोस) को 4,000 भन्दा बढी प्रकार को ज्ञात, सौन्दर्य, स्थायित्व र अभाव: मात्र 300 प्रजातिहरु रत्न को रूप मा मान्न को लागी मापदण्ड पूरा गर्दछन्। जब एक चट्टान यी तीन शर्तहरु लाई पूरा गर्दछ, यो कला को लागी वा गहना को दुनिया को लागी एक बहुमूल्य वस्तु बनाउँछ।

ad

र यद्यपि त्यहाँ मात्र (हीरा, पन्ना, माणिक र नीलमणि) को रूप मा मात्र चार कीमती पत्थरहरु छन्, त्यहाँ अर्ध कीमती पत्थर को रूप मा ज्ञात रत्नहरु को एक धेरै फराकिलो समूह छ, जो यद्यपि उनीहरु को प्रसिद्धि र विशिष्टता को आनन्द लिदैनन् अघिल्लो, उनीहरु बिल्कुल अद्भुत चट्टानहरु हुन्।


Check This Out

त्यसोभए, आजको लेखमा, हामी एक रोमाञ्चक यात्रा को लागी शुरू हुनेछौं कीमती र अर्ध कीमती पत्थर को मुख्य प्रकार पत्ता लगाउनुहोस्, तिनीहरूको गुण र तिनीहरूको उत्पत्ति अनुसार वर्गीकृत। हेर्न को लागी तैयार कती सुन्दरता भूविज्ञान को दुनिया मा जान्छ? त्यहाँ जाऔं।

  • हामी तपाइँलाई पढ्न सल्लाह दिन्छौं: "संसारमा २० सबैभन्दा मूल्यवान सामग्री (र तिनीहरुको मूल्य)"

रत्न कसरी वर्गीकृत गरिन्छ?

एक मणि त्यो सबै खनिज हो, त्यो हो, भौगोलिक उत्पत्ति को अकार्बनिक पदार्थ, जसमा तत्वहरु का परमाणुहरु एक संरचना र ढु to्गा को जन्म दिन को लागी ज्यामितीय ढाँचाहरु को विकास गर्न को लागी एक रासायनिक र भौतिक स्तर मा पर्याप्त स्थिर छन् कि गठन गर्दछ। गिलास जुन तीन मापदण्ड पूरा गर्दछ: सौन्दर्य, स्थायित्व र अभाव।

ad

जब एक चट्टान यी तीन सर्तहरु लाई पूरा गर्दछ, हामी रत्न को कुरा गर्छौं। र जसरी हामीले भनेका छौं, ४,००० ज्ञात खनिज प्रजातिहरु मध्ये, ३०० मात्र रत्न हुन्, जुन ती दुई ठूला समूहहरु मा वर्गीकृत छन्: कीमती पत्थर र अर्ध कीमती पत्थर। उनीहरु मध्ये प्रत्येक एक भित्र वर्गीकरण हेरौं।


Check This Out

१. बहुमूल्य पत्थर

रत्न पत्थर जस्तै सबैभन्दा उत्तम रत्न हुन् र त्यो सबै भन्दा राम्रो तीन मापदण्ड हो कि हामीले देखेका छौं। तिनीहरू संसारमा सबैभन्दा सुन्दर, टिकाऊ र दुर्लभ चट्टानहरु हुन्। यो सबै उनीहरु लाई विलासिता धेरै उपलब्ध गर्न को लागी बनाउँछ र तिनीहरुको मूल्यहरु, कम से कम, अत्यधिक भन्नु छ। जस्तै हामीले उल्लेख गरेका छौं, त्यहाँ मात्र छन् (यद्यपि स्पष्ट रूपमा यो एक मनमानी मापदण्ड हो) चार कीमती पत्थरहरु:

१.१ हीरा

हीरा रत्न बराबर उत्कृष्टता हो। यो एक चट्टान हो कि पृथ्वी मा सबै भन्दा कठिन खनिज र सबै को एकमात्र रत्न हो कि एक एकल तत्व बाट बनेको हुन्छ: कार्बन। यो एक उत्तम क्रिस्टलीय संरचना मा व्यवस्था कार्बन परमाणुहरु बाट बनेको खनिज हो।

यसको गठन को लागी, धेरै उच्च दबाव आवश्यक छ कि मात्र पृथ्वी को सतह को बारे मा २००,००० मिटर सम्म पुग्यो। र यस प्रक्रिया पछि, हामी टेक्टोनिक प्लेटहरु को आन्दोलनहरु लाई उनीहरुलाई प्राप्त गर्न को लागी अधिक बाह्य भागहरु लाई लिन को लागी पर्खनु पर्छ। नबिर्सनुहोस् कि गहिरो हामी खुदाई गर्न सक्षम भएको छ १२,००० मिटर छ। तेसैले, हीरा छ, हामी टेक्टोनिक आन्दोलनहरु मा निर्भर गर्दछ।

ad

Check This Out

भन्ने विश्वास छ हीरा हामी आज छ एक प्रक्रिया को लागी गठन गरीएको थियो कि ३.३ अरब बर्ष सम्म लाग्न सक्छ। वा के एउटै हो, हाम्रो ग्रह को उमेर को तीन चौथाई। र गहना मा यसको सौन्दर्य गुणहरु, यसको स्थायित्व (यो सबैभन्दा कठिन खनिज हो कि अवस्थित छ) र यसको कम बहुतायत यसको मूल्य प्रति ग्राम $ 65,000 बनाउँछ।

अन्य शब्दहरुमा, यदि हामी एक किलोग्राम शुद्ध हीरा चाहन्थ्यौं, हामी $ 65 मिलियन बाहिर खोल्न को लागी तयार हुनेछ। जे होस्, सबैभन्दा ठूलो हीरा 1905 मा दक्षिण अफ्रिका मा प्राप्त भएको थियो। एक दक्षिण स्टार को रूप मा बप्तिस्मा, एक भारी 621 ग्राम हीरा थियो। सबै बहुमूल्य पत्थर को सबैभन्दा बहुमूल्य पत्थर।

  • हामी पढ्ने सल्लाह दिन्छौं: "कसरी खनिज र चट्टानहरु बनेका छन्?"

ad

१.२ पन्ना

पन्ना सबैभन्दा सुन्दर रत्नहरु मध्ये एक हो कि अवस्थित छ। ग्रीक बाट स्मारगडोस, जसको अर्थ "हरियो ढु "्गा" हो, पन्ना एक साइक्लोसिलिकेट खनिज हो जुन बेरिलियम, एल्युमिनियम, क्रोमियम र Vanodium, रासायनिक तत्व हो कि बनाउँछ यो यसको विशेषता र अद्भुत गहिरो हरियो रंग छ.

यो ध्यान दिनुपर्छ कि यसको मूल्य को धेरै पारदर्शिता मा निहित छ। र यो हो कि यद्यपि सबैभन्दा अपारदर्शी पन्ना सामान्य छ, हामी बहुमूल्य पत्थर को कुरा गर्छौं जब मणि सम्भव भएसम्म पारदर्शी हुन्छ, आन्तरिक अपूर्णताहरु बाट मुक्त। यो विविधता, जो "पन्ना बगैचा" को रूप मा परिचित छ, एक हो कि वास्तव मा मूल्य छ। कोलम्बिया देश हो जहाँ यो रत्न को अधिक निक्षेपहरु पाईएको छ, जो, परम्परागत रूप मा, चमत्कारिक गुण संग जोडिएको छ। वास्तव मा, रसायनशास्त्रीहरु को लागी यो शुक्र को ढु्गा थियो।

ad

१.३। रुबी

बहुमूल्य पत्थर को तेस्रो। रूबी कोरन्डम को रातो किस्म हो, सबैभन्दा कठिन खनिजहरु मध्ये एक छ कि अवस्थित छ। एक कोरन्डम खनिज को रूप मा, यसको संरचना एल्युमिनियम अक्साइड संग फलाम र क्रोमियम को रूप मा धातुहरु संग यो यसको रातो रंग दिन्छ मा आधारित छ। वास्तव मा, "रूबी" ल्याटिन बाट आउँछ रुबर, जसको अर्थ "रातो।"

यो ध्यान दिनुपर्छ कि, यद्यपि त्यहाँ धेरै देशहरु (ब्राजील, कोलम्बिया, रूस, चीन, बर्मा, श्रीलंका, भारत, मेडागास्कर, थाईल्याण्ड र संयुक्त राज्य अमेरिका) मा निक्षेपहरु छन् मलेशिया र तान्जानिया को प्रायद्वीप बाट प्राप्त माणिक यति मूल्यवान छ कि तिनीहरुको मूल्य हीरा को रूप मा उच्च हुन सक्छ.

ad

१.४। नीलम

नीलमणि corundum को एक अन्य विविधता हो। वास्तव मा, रूबी बाट मात्र फरक अवधारणा स्तर मा छ। र यो हो कि जे होस् हामी रूबी को कुरा गर्छौं जब यो रातो रत्नहरु को लागी आउँछ, नीलमणि सबै कि कुनै अन्य रंग को corundum रत्न हो, गुलाबी सहित। जे होस्, हामी सामान्यतया नीलम को कुरा गर्छौं जब रंग नीलो हो, तर यो वास्तव मा हरियो, सुन्तला, बैजनी, खैरो, र कालो पनि हुन सक्छ।

नीलो नीलमणि को मामला मा, सबैभन्दा बहुमूल्य र नीलमणि को रूप मा नै मान्यता प्राप्त, कोरुन्डम को एल्युमिनियम अक्साइड को अलावा हामी फलाम र टाइटेनियम (रूबी मा, यो फलाम र क्रोमियम थियो), एक मिश्रण हो कि यो यसको विशेषता दिन्छ नीलो रंग। शब्द "नीलमणि" हिब्रू बाट आउँछ सफीर, जसको अर्थ "स्वच्छ।" जिज्ञासा को माध्यम बाट, यो थाहा छ अन्टार्कटिका यस बहुमूल्य रत्न मा धनी छतर क्रम मा यसको (पहिले नै) नाजुक सन्तुलन बिग्रने छैन, यसको शोषण अत्यन्त सीमित छ।

ad

२. अर्ध कीमती पत्थर

अर्ध-बहुमूल्य पत्थरहरु ती सबै रत्न हुन् कि, यद्यपि ती सुन्दर, टिकाऊ, प्रतिरोधी र अनमोल पत्थरहरु जस्तै दुर्लभ छैनन्, उनीहरु अझै कला र गहना को दुनिया मा अत्यधिक मूल्यवान खनिजहरु हुन्। तिनीहरू चट्टानहरु हुन् कि उनीहरुको उपस्थिति को लागी बाहिर खडा छन् र, यस मामला मा, त्यहाँ लगभग ३०० बिभिन्न प्रजातिहरु छन्। ती सबै को रूप मा प्रस्तुत गर्न सकिदैन, सबै भन्दा साधारण उनीहरुको रंग अनुसार वर्गीकृत गर्न को लागी हो।

२.१। कालो पत्थर

कालो अर्ध कीमती पत्थरहरु धेरै सुन्दर रत्न हो, को रूप मा तिनीहरूको रंगले उनीहरुलाई अर्को ग्रह बाट केहि जस्तो देखिन्छ। रत्न को उदाहरण जसमा र black कालो हावी छ जेड, मेलेनाइट, गोमेद, agate, जेट वा rutilated क्वार्ट्ज हो।

ad

२.२। रातो ढु्गा

माणिक को अतिरिक्त, त्यहाँ अर्ध कीमती पत्थरहरु छन् कि, रातो रंग मा, रत्न को रूप मा मानिने उनको मुख्य प्रतिपादक हो। उनीहरु बाहिर खडा छन्, केहि उदाहरणहरु दिन, जिक्रोन, कोरल, गार्नेट, andesine, cornelian, आगो को ओपल वा spinel।

ad

२.३। गुलाबी पत्थर

गुलाबी प्रकृति मा एक दुर्लभ रंग हो। तेसैले रत्न जसमा यो रंग हावी छ, दुर्लभ हुदैछ, पनि धेरै बहुमूल्य र बहुमूल्य छन्। गुलाबी पत्थर को उदाहरण पुखराज, kunzite, मलेशियन गार्नेट, morganite वा गुलाब क्वार्ट्ज हो।

ad

२.४। पहेंलो ढु्गा

पहेंलो ढु jewelry्गाहरु गहना को दुनिया मा यति बहुमूल्य नहुन सक्छ, तर नेत्रहीन उनीहरु, पक्कै, अद्भुत छन्। रत्न जहाँ पहेंलो टोन प्रमुख छन्, उदाहरणका लागि, citrine, नींबू क्वार्ट्ज, टूमलाइन, spodumene र sphene।

ad

२.५। हरियो पत्थर

प्रसिद्ध (र पहिले नै विश्लेषण गरीएको) पन्ना को परे, त्यहाँ अन्य अर्ध कीमती पत्थरहरु छन् जसमा हरीयो रंग प्रबल हुन्छ।। सबैभन्दा बहुमूल्य र बहुमूल्य हरियो रत्न alexandrite, amazonite, malachite, variscite, enstatite, aventurine, chrysoberyl, apatite, ammolite, फ़िरोज़ा, peridot, jadeite वा larimar, केहि उदाहरण को नाम छन्।

ad

२.6। नीलो पत्थर

नीलो, एक नियम को रूप मा, प्रकृति मा एक दुर्लभ रंग हो। तर नीलमणि को अलावा, त्यहाँ अन्य अर्ध कीमती पत्थरहरु छन् जसमा यो रंग हावी छ र जो प्रामाणिक भूवैज्ञानिक चमत्कार हो। केहि उदाहरणहरु दिन को लागी, हामी लोलिता, पुखराज, मूनस्टोन, ल्यापिस लाजुली, हक को आँखा, chrysocolla, एक्वामरीन र फ्लोराइट, ती धेरै जसलाई हामीले हरियो रत्नहरुमा देख्यौं तर त्यो पनि निलो टोन अपनाउन सक्छौं।

ad

२.7। बैंगनी ढु्गा

बैजनी रंग अर्ध कीमती पत्थरहरु पनि अत्यधिक मूल्यवान र बहुमूल्य छन्। बैजनी रत्न को उदाहरण हो, उदाहरण को लागी, kunzite, chalcedony, नीलम, tanzanite, sodalite वा lepidolite, अन्य पत्थरहरु को बाहेक हामी पहिले देखेका छौं र त्यो यस प्रकार को एक रंग अपनाउन सक्छ।

२.8। सेतो ढु्गा

ad

रंग को अनुपस्थिति पनि केहि हो कि ध्यान आकर्षित गर्न सक्छ। र यसको प्रमाण हीरा मात्र होईन, तर यी अर्ध कीमती पत्थरहरु पनि हुन्। सेतो रत्न, जस्तै howlite र क्वार्ट्ज र moonstone को केहि किस्महरु, अत्यधिक सामान्य गहना र कला को दुनिया मा मूल्यवान छन्।

ad
सम्पादकको छनौट
अन्तरसंस्कृतिवाद: अवधारणा, विशेषता र चरणहरू
अरु

अन्तरसंस्कृतिवाद: अवधारणा, विशेषता र चरणहरू

को अन्तरसंस्कृतिवाद वैचारिक र राजनीतिक प्रवाहलाई जनाउँछ जसले देश, जाति, जात वा जातीविनाका व्यक्तिहरूको बीचमा सम्मान र सहिष्णुतालाई बढावा दिन्छ। त्यस्तै गरी, यो एक स्थान मा अवस्थित विभिन्न समुदाय बीच स...
Best 45 सर्वश्रेष्ठ रोबिन विलियम्स वाक्यांशहरू
अरु

Best 45 सर्वश्रेष्ठ रोबिन विलियम्स वाक्यांशहरू

म तपाईंलाई उत्तम छोड्छु रोबिन विलियम्स उद्धरण, अमेरिकी अभिनेता जो २०१ 2014 मा मरे र १ 1997 1997 in मा सर्वश्रेष्ठ सहयोगी अभिनेताका लागि ऑस्कर विजेता। उनका फिल्महरू यसमा समावेश छन् प्याच एडम्स, द द्विश...
ad
एकाई अपरेशन्स: प्रकार र उदाहरण
अरु

एकाई अपरेशन्स: प्रकार र उदाहरण

को एकाई आपरेशनहरू तिनीहरू हुन् कि कच्चा मालको शारीरिक उपचारहरू समावेश गर्न यसबाट इच्छित उत्पादनहरू प्राप्त गर्नका लागि। यी सबै अपरेसनहरूले सामूहिक र उर्जा संरक्षणको नियम, साथै गतिको पालना गर्दछन्।यी अ...

Post a Comment

0 Comments