Time

Ticker

6/recent/ticker-posts

वास्तुशास्त्रअनुसार यस्तो रहेको छ दिशाको महत्व

वास्तुशास्त्रअनुसार यस्तो रहेको छ दिशाको महत्व



वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा मिल्नेछ सफलता । 


वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ ।

उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको वर्णन वास्तुशास्त्रमा गरिएको हुन्छ । हिन्दूधर्म दर्शन तथा वास्तुशास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् । दिशा, बार, ग्रह आदीको हेक्का राखी गरिएका कामहरु सफल हुने दाबी ज्यातिषविज्ञान, वास्तुशास्त्रले गरेका छन् । वास्तुशास्त्र अनुसार यी कामहरु गरेमा सफलता मिल्नेछ ।

१. कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

२. मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।

३. उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण-पूर्व कोणमा राख्दा लगभग घरको सबै काम-कुरा ठीक हुँदै जानेछन् ।

४. दक्षिण-पूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।

५. सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।

६. विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।

७. हजुरको पछाडि, झयाल, ढोका या खुल्ला हुनु हुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ ।

८. दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।

९. दक्षिण- पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्ने छ ।

१०. दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।

११. शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।


सुत्ने कोठामा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस्


वास्तशास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ वास्तुशास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ । वास्तुशास्त्रलाई हिन्दु शास्त्र र आधुनिक विज्ञानले पनि विश्वासिलो आधार मान्ने गर्छ । वास्तुशास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ ।

दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यान दिनुपर्छ । जसमध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु वीच अविश्वास पैदा गरिदिन्छन् । वास्तुशास्त्र अनुसार सुत्ने कोठामा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् ।

१. घरमा आएका पाहुनाहरुलाई अतिथी गृह वा ड्राईङ रुममा नै राख्नुपर्छ । सबै मानिसहरुलाई आफ्नो सुत्ने कोठमा ल्याउनु राम्रो हुदैन । यदि अरुलाई आफ्नो बेडमा सुताउनु भयो भने बेडबाट नेगेटीभ ईनर्जी आउँछ जसबाट पति पत्नीमा फाटो आउँछ ।

२. प्राय: मनिसहरुलाई आफ्नै कोठामा वास बेसीन लगाउन मनपर्छ । तर यस्तो गर्नाले पति पत्नी वीच विश्वास कम हुदै जाछ । यदि तपाईको कोठामा पनि वास बेसीन खुला छ भने त्यसलाई पर्दाले छोप्नुहोस् ।

३. सुत्ने कोठामा बेड देखिने गरि सिसा नलगाउनुहोस् । यस्तो गर्नु निकै नराम्रो मानिन्छ । जसले गर्दा पति पत्नी वीचको शान्ती भंग हुन्छ ।

४. सुत्ने कोठामा कहिल्यै पनि काडेदार विरुवा वा फूलहरु नराख्नुहोस् । यदि राख्ने चाहना छ भने दुई वटा गमला र त्यसमा सुन्दर फूलहरु राख्नुहोस् ।

५. बेडमुनी जुत्ता चप्पलहरु कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्नाले त्यो बेडमा सुत्नेहरुको दुर्भाग्य बढ्छ ।

६. बिजुलीका उपकारणहरु कहिल्यै पनि बेडमुनी राख्नुहुदैन । यी सामानहरु बेडमुनी राख्नाले त्यो बेडमा सुत्नेहरुको झगडा भईरहन्छ ।


सुत्ने कोठामा राख्न नहुने यी ५ चिजहरु

१. सिरानीतर्फ पानी

सुत्ने बेलामा कहिले पनि सिरानीतर्फ पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ ।

२. जुत्ता चप्पल

सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।

३. मोवाइल, ल्यापटप

मोवाइल, ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ ।

४. तेल

सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ ।

५. ऐना

आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।

घरको गेट बनाउँदा ख्याल गर्नुपर्ने ७ कुराहरु ! घर बनाउँदा वास्तु दृष्टिका विभिन्न कुरा ख्याल गर्नुपर्छ । घरमा रहेका कुराहरुले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुरा ख्याल गर्नुपर्छ । वास्तुशास्त्रः एक चिम्टी नुनले तपाइँलाई धनी बनाउन सक्छ । घरको मुख्य गेट बनाउँदा सँधै ७ कुराको ध्यान दिनुपर्ने वास्तुशास्त्रको भनाइ छ । यी कुरा ख्याल नगरे नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुने वास्तुशास्त्रको भनाइ छ । वास्तुशास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ ।

१. मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस् । यसले तपाइँलाई स्वस्थ राख्न मद्दत गर्छ ।

२. घरको पूर्वी भागलाई सके सम्म होंचो राख्नुस् । तपाइँलाई आर्थिक अभाव हुँदैन ।

३. यदि भाडामा दिनुछ भने भुँइ तल्लाको कोठा मात्र भाडामा दिनुस् ।

४. घरको पूर्व दक्षिण कोणमा ढोका नराख्नुस् । यसो भएमा चोरी र आगजनीको खतरा बढि हुन्छ ।

५. घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्याण्डपम्प या ट्युववेल राख्नुस् ।

६. पूर्वी दिशामा झ्याल तल राख्नुस् । यसले घरका मानिस स्वस्थ हुन्छ भने मानसम्मान पनि बढ्छ ।

७. घरको पूर्वी कोणमा फोहोर नराख्नुस् । यसो गर्दा धन सम्पतिको नोक्सानी हुन सक्छ ।

वास्तुशास्त्रका यी ८ उपाय अपनाएमा चम्किनेछ तपाईको भाग्य

 वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । यसमा नगर तथा भवन निर्माणका नियम, विधि र प्रक्रियाहरुको व्याख्या छ । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा यस उपवेदको विकास भइरहेको भन्न सकिन्छ । शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपायहरु सुझाइएका छन् । वास्तुशास्त्रका यी ८ उपाय अपनाएमा तपाईको भाग्य चम्किनेछ ।

१. पर्खालको मोटाइ

घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ ।

२. सडकभन्दा अग्लो हुनुपर्छ जमिन

घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

३. दक्षिण पश्चिममा अग्ला रुख

घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

४. घरको बीच भाग खालि राख्ने

घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

५. भण्डार कक्ष कहाँ राख्ने

भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

६. झ्याल ढोकाको सफाइ

घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

७. मुख्य द्वारको सजावट

घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

८. चराहरूलाई दानापानी दिन डुँड

घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

९. प्याजी रंग

घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।


वास्तुशास्त्र अनुसार शनिवार गहुँ पिसेमा हुदैन पति-पत्निको झगडा ! वास्तुशास्त्रमा भौतिक विकास निर्माणका बारेमा चर्चा गरिएको छ । स्थापत्य वेदमा यस सम्वन्धी धेरै कुराहरुको वर्णन गरिएको पाइन्छ । स्थापत्य वेद भनेको आजको वास्तुशास्त्र हो । आज स्थापत्य शास्त्र एक कला र विज्ञानको रुपमा विकसित भइसकेको छ । पति-पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जना बीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति-पत्नी बीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ । त्यसकारण केही वास्तु टिप्सबारे जानकार हुन आवश्यक छ । यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।
यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् । पति-पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम (ढलानको बिम) को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला । पति-पत्नी बीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव वा हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ । पति-पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।



Post a Comment

0 Comments